logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, सनाखत हुन बाँकी


अंकुरण खबर
884
Shares

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

रामेछापबाट काठमाडौंको लागि छुटेको बस आज बिहान रामेछापकै सुनापति गाउँपालिका–५ को सिमानामा बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो।

यो समचार तयार पार्दासम्म मृतकको पहिचान खुलेको छैन। सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए।

३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।