अहिले बिहान देशका चारवटा प्रदेशमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मनसुनी वायुको प्रभाव रहँदा देशभर सामान्य बदली छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने विभागको चेतावनी छ।