logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अप्नाउनुहोस्


अंकुरण खबर
1.794K
Shares

आज बिहाननैबाट प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।