logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालले पार्टी खोलेर जीवनकै ठूलो गल्ती गरे, ढिलो चाँडो प्रायश्चित गर्नुपर्नेछ : घनश्याम भूसाल


अंकुरण खबर
598
Shares

एमाले नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका छन्।

सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले नेपालले तत्कालीन एमालेमा भएको १० बुँदे सहमति लत्याएर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्,’आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए।’

अध्यादेशका आधारमा नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेको भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न नसक्ने भूसालको जिकिर छ। उनी भन्छन्, ‘ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्नेछ।’

ठीक आज भन्दा एक वर्ष अघि माधव नेपाल एमालेमा हुँदा भुसाल उनीनिकट थिए। माधव एमालेमै हुँदा पार्टीका आन्तरिक समस्या समाधान गरेर जाने भन्दै गत वर्ष असार २७ मा कार्यदलले १० बुँदे सहमति गरेको थियो। जसलाई नेपालले मानेनन्। पछि नेपालले पार्टी विभाजन गरेर नयाँ पार्टी खेलेका थिए ।