logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से घटेर १ हजार ९१५.६१ विन्दुमा


अंकुरण खबर
793
Shares

सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ७७.०१ अंकले घटेर १ हजार ९१५.६१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३२ करोड ५६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ११ करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आजको कारोबारमा सानिमा ऋणपत्र र बैंक ओफ काठमाडौँको ऋणपत्रका लगानीकर्ताले अधिकतम कमाएका छन् भने ग्रामिण विकास लघुवित्त र किसान लघुवित्तका लगानीकर्ताले अधिकतम गुमाएका छन् ।