logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ


अंकुरण खबर
923
Shares

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोलमा रहेको पिसफूल रिसोर्टमा लगी बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथलीका २७ वर्षीय टिकाराज कटुवाललाई पक्राउ गरेको हो ।

उजुरी परेपछि पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।