logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल बैंकका शाखा प्रबन्धक कोइराला पक्राउ


अंकुरण खबर
2.73K
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका प्रबन्धक भुपराज कोइरालालाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ ।

नेपाल बैक लिमिटेडको बैकिङ प्रधान कार्यालय, मानवश्रोत ब्यवस्थापन बिभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरीमा कोइराला पक्राउ परेका हुन् ।

डिल्लीबजार शाखामा प्रबन्धक रहदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिएको कोइरालामाथि आरोप लगाइएको छ । उनलाई बैकिङ कसुर मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

सोलुखुम्वु नेचा सल्यान गाविस–१ स्थायी घर भएका कोइरालालाई गत शुक्रबार पक्राउ गरिएको हो ।