logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोहलपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

बाँकेको कोहलपुर नगरपालिका–११ मा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।