बारा – प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको मृत्यु भएको छ भने अर्की जना वृद्धा घाइते भएकी छन् ।
घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउने क्रममा आइतबार बेलुकी मृत्यु भएको हो ।
घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।