logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
2.522K
Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखिकाे बैठक आज पनि जारी रहनेछ। बैठक दिउँसो १ बजेको लागि तय गरिएको छ।

बैठकमा निर्वाचनको समीक्षा र भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे छलफल भइरहेको छ। बिहीबार नै बैठक सकिने भनिए पनि संसदमा उपसभामुख चयनका कारण बैठक लम्बिएको हो।

बिहीबारको बैठकमा पनि पार्टीका तर्फबाट प्रतिनिधिसभाका सांसदहरू संसद बैठकमा सहभागी हुन गएपछि कांग्रेस केन्द्रीय समिति बैठक राम्रोसँग सञ्चालन हुन सकेको थिएन।

हिजो कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख चयन भएकी छन्।