अख्तियार अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सोमबार दिउँसो महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेको हो।
अख्तियारको टोलीले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा छापा मार्दै महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतको कार्यकक्षबाट कम्प्युटर अपरेटर जयसवाललाई घुस रकम सहित पक्राउ गरेको हो ।
जयवालले वीरगञ्ज महानगरपालिका–३० स्थित सडक ढलानको सम्पन्न प्रतिवेदनका लागि सेवाग्राहीसँग घुस मागेको बताइएको छ । सोही घुस रकम सेवाग्राहीसँग लिने क्रममा घुस रकम सहित जयवाललाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ ।