logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीसीटीभी फुटेजबारे संसदीय छानबिन समितिले आज विज्ञसँग छलफल गर्दै


अंकुरण खबर
455
Shares

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर पूर्वअर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गराएको आरोपमाथि प्राविधिक तथा विज्ञसँग मंगलबार छलफल हुदैछ।

छानबिन गर्न गठित संसदीय समितिले सीसीटीभी फुटेजका विषयमा संसदीय समितिले अर्थ मन्त्रालयका १० जना कर्मचारीसँग बयान लिइसकेको छ। विज्ञसँग छलफल गरेपछि समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने तयारी गरेको छ।

अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसहित समितिले अहिलेसम्म १० जना कर्मचारीसँग सीसीटीभी फुटेजका सम्बन्धमा शोधपुछ गरिसकेको छ।

यसअघि सोमबारको समितिले मन्त्रालयका आईटी विज्ञसँगसमेत छलफल गरिसकेको छ।

गत मंगलबारदेखि छानबिन सुरु गरेको संसदीय समितिले शोधपुछ र अनुसन्धानलाई तीव्र पारेको हो। सबै क्षेत्रबाट प्रमाण संकलन गरेपछि मात्र समितिले पूर्वअर्थमन्त्री शर्मासँग शोधपुछ गर्ने तयारी गरेको छ।

बजेट निर्माण अवधिको सीसीटीभी फुजेज माग्दा नभएको बयान कर्मचारीले दिएपछि समितिले हार्डडिस्क्स मागेर विज्ञसँग छलफल गर्न लागेको हो।

समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो। जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज माग भए पनि मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क्स उपलब्ध गराइएको छ। मन्त्रालयका कर्मचारीले डिलिट भएको वा रेकर्डमा नभएको बयान दिएपछि सो अवधिको हार्डडिस्क्स मागेर अनुसन्धान गर्न लागेको हो।

बयानका क्रममा मन्त्रालयका कर्मचारीले अनधिकृत व्यक्तिको प्रवेश भएको कुरालाई अस्वीकार गरेका छन्। १० दिनको म्याद पाएको समितिको काम सुरु गरेको सात दिन भएको छ।