logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
1.456K
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारका तुलनामा मंगलबार बजारमा सुन २ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन मंगलबार तोलामा ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।