नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । कांग्रेसभित्र विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको हो ।
यस अघिको बैठकमा पार्टी विधानको धारा ७२ को चार अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठन पश्चात १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यसूची पेश गरिएको थियो ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेपछि बोलाइएको छ ।