logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपोलीले हरायो लिभरपुललाई


अंकुरण खबर
1.066K
Shares

१३ साउन, काठमडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नेपोलीसँग पराजित भएको छ ।

आइतबार राति स्कटल्यान्डमा भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे ।

लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मिलिकले गोल गरेपछि नेपोली २–० गोलले अघि रहेको थियो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको नेपोलीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको ५२औं मिनेटमा युनेसले गोल गरेपछि नेपोलीले लिभरपुललाई ३–० गोलले पराजित गरेको हो ।