logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठकमा कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध


अंकुरण खबर
1.092K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज (सोमबार) पनि संघीय संसदको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

दुई दलका सांसदहरुले कार्यगत एकता गर्दै दिउँसो १ बजेपछि नयाँबानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरेलगत्तै दुवै दलका सांसदहरु उठेर नाराबाजी गर्दै संसदमा अवरोध गरेका हुन् । उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन् ।

दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे । उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । तर प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेपछि संसद बैठक अघि बढ्न सकेको छैन ।

बैठकपछि बाहिरिने क्रममा राजपाका नेता लक्ष्मणलाल कर्णले सर्लाहीमा भएका दुई हत्याकाण्ड छानबिनका लागि संसदीय गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।