logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव अरु पार्टीमा नआए सिद्धिन्छन् : प्रचण्ड


अंकुरण खबर
936
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेत्र विक्रम चन्द (विप्लव) अरु पार्टीमा नमिले सिद्धिने चेतावनी दिएका छन् ।
सोमाबार खुमलटारमा विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै उनले विप्लव यस्तै अवस्थामा रहिरहे पेरु, फिलिपिन्सको जस्तै हालत पुग्ने ठोकुवा गरेका छन् ।

उनले अहिले केही तत्वहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन षडयन्त्र गरिरहेको जीकिर गरे ।

वर्तमान उपलब्धिलाई संस्थागत गरि देश विकासमा सबै जनालागे देश छिट्टै संवृद्ध हुने अध्यक्ष प्रचण्डको भनाई थियो ।