काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा कुमारी अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन आफु हरपल सचेत रहेको बताएकी छिन् ।
सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको उद्घाटन गर्दै मन्त्री अर्यालले भूमाफिया र घुस खाने कर्मचारीलाई आफुले संरक्षण गरेको भन्ने हल्ला निराधार रहेको जीकिर गरिन । उनले आफु यस्तो कुरामा संलग्न भएको प्रमाण भेटिए फाँसिमा झुण्डिन तयार रहेको बताइन् ।
काम छिटो छरितो गराउन कर्मचारीलाई घुस दिनु पर्छ भन्ने सोचाइ त्याग्न पनिउने आम सेवाग्राहीलाई अपिल गरेकी छिन् ।
नापी तथा मालपोत कार्यालयमा अनियमितता धेरै हुने गरेको कुरा बाहिर
आएकाले यहाँ कार्यरत कर्मचारलिाई घुस लिइएको पाइएमा कडा कारबाही गर्ने पनि चेतावनी दिइन् ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।