logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको इच्छामा अध्यक्ष दाहालको दुबई भ्रमण


अंकुरण खबर
884
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीतालाई लिएर दुवईतर्फ प्रस्थान गरेका छन् । मंगलबार बिहान ९:३० मा दाहाल फ्लाई दुबईको उडानमार्फत दुबईतर्फ लागेका हुन् । दाहालको यो भ्रमण पत्नी सीताको इच्छामा भएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार यो विशुद्ध पारिवारिक भ्रमण हो । ‘सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राख्नु भएको थियो । तर अध्यक्षको व्यस्तताले लैजान पाउनु भएको थिएन’, सापकोटाले भने, ‘यो पटक सीतासँगै छोरी रेणु र गंगा पनि दुबई जानु भएको छ ।’

अध्यक्ष प्रचण्डको सचिवालयले सीताको दुबई घुम्ने इच्छा पुरा गर्न प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका हुन् । उनीहरु दुबईको भ्रमण सकेर १८ साउनमा स्वदेश फर्कने सापकोटाले बताए ।

सीता लामो समयदेखि बिरामी छिन् । अध्यक्ष दाहलले उनको सिंगापुरमा लामो उपचार गराएका थिए । त्यसपछि नेपालमै पनि सीता प्राकृतिक उपचार गरिएको थियो ।