logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेतृत्वकी काठमाडौ जिल्ला सेक्रेटरी उपाध्याय पक्राउ


अंकुरण खबर
2.548K
Shares

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छन्।

मंगलबार अपराह्न काठमाडौंको बूढानिलकण्ठबाट जिल्ला इञ्चार्ज धीरेन्द्र्रा पाध्यायलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। तर प्रहरीले आधिकारिक रूपमा उपाध्याय पक्राउ परेको जानकारी भने दिएको छैन।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको जनाइएको छ । उपाध्याय पूर्व सांसद् पनि हुन् ।

यसअघि काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामा पनि पक्राउ परेका थिए ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव नेता कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ ।