काठमाडौं – अज्ञात समूहले नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । त्यसैगरी, रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा पनि गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको छ ।
आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।
विस्फोट तथा आगजानीमा विप्लव समूहको संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म घटनाको जिम्ममा लिएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।