काठमाडौं – विपक्षी दल नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् ।
बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेर सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै रोष्टम घेराउ गरेका हुन् । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए ।
लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।