काठमाडौं – संसदको अवरोध नहटेपछि सभामुख कृष्णबहादुर महराले बिहीबार (भोलि) दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले पटक-पटक अवरोध गरेपछि सभामुख महराले निकासको उपायो खोज्न सर्वदलीय बैठक बोलाएका हुन् । कांग्रेस-राजपा अवरोधले संसद रोकिएपछि सिंहदरबारस्थित पत्रकारहरूसँग कुरा गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए ।
भोलि १२ बजे सर्वदलीय बैठक बोलाएको छु । सदनमा भएको अवरोधमा मिल्नै नसक्ने विषय छैन । सत्तापक्ष र प्रतिपक्ष थोरै लचिलो भए मिल्छु, उनले भने, प्रधानमन्त्रीसँग पनि परामर्शमा गरिरहेको छु । त्यसैले भोलिको बैकठबाट केही निष्कर्ष निस्किन्छ कि भन्ने छ ।”
सभामुख महराले संसदमा रहेका सबै दलका नेताहरूसँग छलफल भइरहेको पनि जानकारी दिए ।