logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई सफल बनाउने गतिविधि गर्न माधव नेपालको निर्देशन


अंकुरण खबर
3.185K
Shares

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारालाई सफल बनाउने गरी काम गर्न पार्टीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले सरकारले मुलुकको आर्थिक-सामाजिक रुपान्तरणको एजेन्डालाई मुख्य नारा बनाएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पार्टीका तीनै तहका जनप्रतिनिधिहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने पनि टिप्पणी गरे ।

तुलसीलाल स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक-सामाजिक-सांस्कृतिक रुपान्तरणको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने गरी पार्टीका नेता, कार्यकर्ताहरुले पनि आफ्नो क्षमताको प्रर्दशन गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

वरिष्ठ नेता नेपालले तुलसीलाल अमात्यजस्ता दुरदृष्टि भएका नेताहरुका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै अव जनताको जीवनमा परिवर्तन हुने गरी आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।