logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच दिने भ्रमण पूरा गरी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता


अंकुरण खबर
1.508K
Shares

पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबईको पाँच दिने पारिवारिक भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएका छन्।

पत्नी सीता लामो समयदेखि अस्वस्थ छिन्। उनको केही स्वदेशका साथै सिंगापुर र अमेरिकामा उपचार गरिएको थियो। त्यसपछि उनको नेपालमै प्राकृतिक थेरापीहरू समेत गरिएको थियो। पत्नी सीता दाहालले दुबई जाने इच्छा देखाएपछि उनीहरू गत मंगलबार दुबई प्रस्थान गरेको प्रचण्डको सचिवलायले जनाएको छ।

अध्यक्ष प्रचण्ड यहि साउन १४ गते मंगलबार परिवारका सदस्यसहित दुबई भ्रमणमा गएका थिए।  छोरीद्वय रेणु र गंगासँगै नातिनातिनी पनि उनीहरुका साथमा त्यसतर्फ गएका थिए।