logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?


अंकुरण खबर
1.508K
Shares

काठमाडौं । भारतमा हिन्दुवादी भारतीजय जनता पार्टीको नेतृत्व गर्दै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि सत्तारोहण गरे लगत्तै दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने खालका अभिव्यक्ति दिन थालेका छन् ।

प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए ।

नेपाल हिन्दुराज्य र राजसंस्थासहित हुनुपर्छ भन्ने मान्यता योगीले लामो समयदेखि राख्दै आएका छन् । आफ्नो कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए ।

यहि साउन दोस्रो साता काठमाडौंमा भएको विश्व हिन्दु जागरण सम्मेलनमा सहभागी भएका भाजपाका अर्का प्रभावशाली नेता सुव्रमन्यम स्वमीले पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने धारणा राखेका थिए । नेपाली बहुसंख्यक जनता हिन्दु भएकोले नेपाललाई हिन्दुराज्य घोषणा गर्नुपर्ने उनको तर्क थियो ।

नागरिक दैनिकबाट