काठमाडौं – केहि दिन देखि अवरुद्ध बन्दै गएको संसद बैठक सुचारु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले बैठक सुचारु गर्नका लागि केहि बेर अघि बसेको सर्वदलीय बैठक मार्फत सहमति भएको हो ।
आज संसद भवनमा सभामुख कृष्णबहादुर महाराले बोलाएको सर्वदलीय बैठकले संसदको अवरोध हटाउने सहमति गरेको छ । प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ ।
फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गरिने भएको छ । समितिमा रहने माननीयहरूको नाम सभामुखज्यूले संसद बैठकबाटै पढेर सुनाउने सहमति भएको छ ।