logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात सदस्यीय अध्ययन तथा संसदीय विषेश समिति गठन


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – केहि दिन देखि अवरुद्ध बन्दै गएको संसदको अवरोध सोमबारदेखि हटेको छ । कांग्रेस आफ्नो अडानबाट पछि हटेपछि संसदको अवरोध हटेको हो।

सर्लाहीमा नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीबाट भएको हत्या र इश्वरपुरमा प्रहरीको गोलीबाटै मारिएका सरोजनारायण महतो प्रकरणमा संसदीय समिति नबनाएसम्म संसद चल्न नदिने अडान कांग्रेसले छाडेको हो ।

प्रमुख प्रतिपक्षी र सत्तापक्षबीच संसदीय गतिरोध अन्त्य गर्नका लागि संसदीय विशेष सुझाव समिति गठन गरिएको छ । संसदमा देखा परेका विभिन्न गतिरोध अन्त्य गर्नका लागि संसदीय अध्ययन तथा सुझाव समितिको नामवाली सहित गठन भएको सभामुख कृष्ण बहादुर महराले जानकारी दिए ।

समितिमा नेकपा संदीय दलका उपनेता सुभास चन्द नेम्वाङको संयोजक रहने गरि सात सदस्यीय विशेष सुझाव समिति गठन गरिएको हो । समितिको नामवली सभामुख कृष्ण बहादुर महराले संसदबाट पढेर सुनाएका छन । समितिमा देव गुरुङ,प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट मिनेन्द रिजाल, पुष्पा भुसाल गौतम, राजपाका तर्फबाट लक्ष्मणलाल कर्ण, नेकपाका तर्फबाट विन्दा पाण्डे रहेका छन । समितिको नाम सर्वसम्मतबाट पारित गरिएको छ ।

समितिले सभामुखको निरिक्षणमा रहि कार्य गर्ने भएको हो । समितिले कार्य प्रारम्भ भएको मितिले ३० दिन भित्र काम कार्बाही गरिसक्ने जनाएको छ ।