logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकी क्रिकेटर डेल स्टेनले टेस्ट क्रिकेटबाट लिए संन्यास


अंकुरण खबर
949
Shares

एजेन्सी – दक्षिण अफ्रिकाका तीव्र बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् ।

उनले १५ वर्षको क्रिकेट करिअरमा ४३९ विकेट आफ्नो नाममा लेखाएका छन् । ९३ टेस्ट खेलेका उनको औसत विकेट २२।९५ रह्यो । स्टेनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । उनले आफ्नो अन्तिम खेल श्रीलंकाविरुद्ध यही वर्षको फेब्रुवरीमा खेलेका थिए ।

स्टेनले एकदिवसीय र टी–२० भन्ने अझै खेल्नेछन् । स्टेन लामो समयदेखि चोटका कारण चिन्तित थिए । यही कारण उनले विश्वकप २०१९ मा पनि खेलेका थिएनन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा पनि दुई खेल मात्र खेलेका थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरबाट आइपिएल खेलेका उनले ४ विकेट लिएका थिए । सो टुर्नामेन्टमा घाइते भएपछि उनी मैदानबाट बाहिर थिए ।