काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका हुन् । वर्तमान सरकारले हिटलर शैलीको सिको गर्न खोजेको उनको टिप्पणी छ ।
सन्चार, मानवअधिकार र सेनालाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुले सरकार स्वतन्त्रता र प्रजातन्त्रविरुद्ध काम गरिरहेको स्पस्ट भएको उनले बताए ।