logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवका केन्द्रीय सदस्य अटलसहित तीनजना पक्राउ


अंकुरण खबर
1.963K
Shares

काठमाडौं – रुकुम पश्चिमबाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य श्यामबहादुर बोहरा ‘अटल’सहित तीनजना पक्राउ परेका छन् ।

उनीसँगै अनेरास्ववियु क्रान्तिकारी जिल्ला सम्मेलन आयोजक समिति रुकुम पश्चिमका संयोजक हरि पुन र सहसंयोजक प्रेम प्रशान्त बोहरा पनि पक्राउ परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ मुरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । केहीदिन यता रोल्पा सल्यान र रुकुम पश्चिमको सीमानाका र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका क्षेत्रमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताले चन्दा माग गरेको सूचना प्रहरीलाई आएको थियो ।

त्यही सूचनाका आधारमा गस्तीमा गएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।