logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार मुलुक समृद्ध बनाउने अभियानमा केन्द्रित : उपप्रधानमन्त्री पोखरेल


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको बताए। त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पुर्याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरे।

युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अव कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको बताए। मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको दावी गरे ।