logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मैत्रीपुर्ण खेलमा नेपालले दोस्रो खेलमा आज फेरी अफगानिस्तानसँग खेल्दै


अंकुरण खबर
1.833K
Shares

काठमाडौं – एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अभ्यास खेलका रुपमा रहेको मैत्रीपुर्ण खेलमा नेपालले दोस्रो खेलमा आज फेरी अफगानिस्तानसँग खेल्दैछ ।

लगनखेल स्थित आर्मीको कोर्टमा हुने प्रतियोगिता दिउसो तीन बजेबाट सुरु हुनेछ । पहिलो मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेर जितेको नेपाली टिम आजपनि त्यो लयलाई कायम राख्ने लक्ष्यमा छ । यता अफगानिस्तानले पहिलो सेटमा राम्रो गरेपनि त्यसपछि केहि खस्किदा हार ब्यहोरेको थियो ।

हिजोको खेलमा देखिएका गल्तिहरुलाई सच्याउदै आज नेपाललाई हराउने लक्ष्यमा अफगान टिम रहेको छ । भदौ दुई गतेबाट हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिमले यो मैत्रीपुर्ण खेल खेलेको हो ।

प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै श्रीलंका माल्दिभ्स, तुर्कीमिनिस्तान, बंगलादेश, किर्गिस्तान र उज्वेकिस्तानको सहभागिता रहेको छ ।