logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य


अंकुरण खबर
1.56K
Shares

काठमाडौ – प्रधानमन्त्री  केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री  बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । पार्टीका विभाग र जिम्मेवारीबारे निर्णय गर्न सचिवालयको बैठक बोलाइए पनि विभिन्न कारण बैठक सर्दै आएको छ । सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो ।