काठमाडौं – स्पेनिस लिग फुटबल ‘ला लिगा’को नयाँ सिजन आजबाट सुरु हुने भएको छ । आज राति साविक विजेता बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
यो खेलमा बार्साका स्टार खेलाडी लियोनल मेस्सी हुने छैनन् । पिडुँलाको चोट बोकेका मेस्सीले अहिले टिमभन्दा बाहिर छुट्टै अभ्यास गरिरहेका छन् । मेस्सी पूर्णरुपले फिट नभएकोले आफुले कुनै जोखिम उठाउन नचाहेका हुन् ।
स्पेनिस लिग फुटबलमा पहिलो हप्ताका अन्य खेलहरुमा रियाल मड्रिडले सेल्टा भिगोसँग खेल्दा एथ्लेटिको मड्रिडको भिडन्त गेटाफेसँग हुनेछ ।