logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डाक्टरले सबै अंग ठिक छ, अझै २०-२५ बर्ष केही हुँदैन भनेका छन् : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त विरामी भएको कुराको खण्डन गरेका छन्। आफूलाई भेट्न आएका झापाका जनप्रतिनिधिहरुसँग शुक्रबार बिहान कुरा गर्दै प्रधानमन्त्री ओलीले एकछिन बिरामी भएर सुत्दा सञ्चारमाध्यमले जथाभावी समाचार लेखिदिएको दाबी गरेका छन्।

‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा कार्यकर्ताहरुसंग ठट्यौली पारामा भने । शुक्रबार बिहान झापा क्षेत्र नंवर ५ का अगुवा कार्यकर्ताहरु प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटारस्थीत एक बैठक कोठामा पर्खदै थिए । केहिबेरको पर्खाइपछि प्रधानमन्त्री ओली बैठक कोठामा छिरे । भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उनले आफ्नो स्वास्थ्यको बिषयमा चलाइएका हल्लाहरु निराधार भएको पनि स्पष्ट पारे । उनले भने “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।” आफु विरामी नभएको भन्दै प्रधानमन्त्री ओलीले थपे “गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”

भेटका क्रममा नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् ।