logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशको विकासको निम्ति सबै एक जुट हुन नेता नेपालको आह्वान


अंकुरण खबर
1.885K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एक जुट हुन आह्वान गरेका छन् ।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले देश विकासको लागि नागरिक, संघसंस्था र सरकार एक साथ जुट्नु पर्ने बताए । सानो ठूलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्वप्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए ।

कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने विश्वास व्यक्त गरे । पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि व्यक्त गरे ।