logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक अपराह्न ४ बजे बस्दै


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि हिजोका लागि बैठक तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो । ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँट गरेर एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाले सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठन लगायतको एकता पूरा गर्न बाँकी छ ।

त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम पनि बाँकी छ । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

यी दुईमा को वरिष्ठ भन्ने विवाद पार्टी एकतादेखि नै रहँदै आएको छ । दुवै नेताले वरीयतामा आफू अगाडि हुनुपर्ने दाबी गर्दै आइरहेका छन् । नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।