logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एभीसी सेन्ट्रल जोन भलिबल : तुर्किमिनिस्तानको विजयी शुरुवात, अफगानिस्तान पराजित


अंकुरण खबर
1.586K
Shares

काठमाडौं – एभीसी सेन्ट्रल जोन मेन्स भलिबलमा साविक विजेता तुर्किमिनिस्तानले विजयी शुरुवात गरेको छ । आर्मी कभर्डहल लगनखेलमा सोमबार भएको पहिलो खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

समूह ‘बी’अन्तर्गत भएको खेलको पहिलो प्रतिस्पर्धात्मक सेट ३२-३० ले तुर्किमिनिस्तानले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा अफगानिस्तानले १६-२५ को नतिजा निकाल्दै उत्कृष्ट पुनरागमन गरेको थियो ।

त्यसपछिका दुवै सेट २७-२५ र २६-२४ को नतिजामा तुर्किमिनिस्तानलाई सुम्पिएपछि अफगानिस्तानले पराजय बेहोर्नुपर्‍यो । अफगानिस्तानले मंगलबार आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ भने तुर्किमिनिस्तानले पनि सोही दिन उज्वेकिस्तानसँग खेल्ने छ ।

सोमबार नै हुने दोस्रो खेलमा आयोजक नेपालले दिउँसो चार बजे किर्गिस्तानको सामना गर्नेछ ।