logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसियन सेन्ट्रल भलिबल : आज पनि तीन खेल हुँदै


अंकुरण खबर
1.846K
Shares

काठमाडौं – काठमाडौमा जारी एसियन सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा आजपनि तीन खेल हुदैछन । आज समुह बी अन्तर्गत बंगलादेश र अफगानिस्तान विच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल तुर्कीमिनिस्तान र उज्वेकिस्तान विच हुनेछ ।

यस्तै आजको अन्तिम खेल कीर्गिस्तान र माल्दिभ्स विच हुनेछ । लगनखेल स्थित आर्मीको कोर्टमा हुने पहिलो खेल दिउसो ३ बजे हुनेछ । पहिलो खेलमा पराजित भएको अफगानिस्तान आज बंगालदेश विरुद्ध जितको खोजीमा हुनेछ । यदि आजपनि उसले हार ब्यहोरेमा प्रतियोगिताबाट बाहिरीनेछ ।

यस्तै बंगलादेशपनि आजको खेलमा पराजित भएको खण्डमा उ घर फर्किनेछ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो । यो खेलको विजेता टिमका लागि अर्को चरणको संभावना कायमै हुनेछ । तर उसले अन्तिम खेलमा जित निकाल्नु पर्ने हुन्छ ।

आजै हुने समुह बी को अर्को खेलमा तुर्कीमिनिस्तान र उज्वेकिस्तान विच प्रतिस्पर्धा हुनेछ । यस्तै आज समुह ए अन्तर्गत कीर्गिस्तान र माल्दिभ्स विच प्रतिस्पर्धा हुनेछ ।