logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको महाधिवेशन नजिकिदा सरकारको ज्यादती बढ्यो : मोहनबहादुर बस्नेत


अंकुरण खबर
2.002K
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारका गतिविधिले देशमा अराजक्ता बढेकोको आरोप लगाएका हुन् ।

विश्वबाट लोप हुदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो ।
उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको समेत आरोप लगाए ।

सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको पनि बस्नेतले जीकिर गरे ।