logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेन्ट्रल जोन भलिबल : नेपालले आज माल्दिभ्सलाई हराउनै पर्ने


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुदैछ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दिनको दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् ।

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने समिकरण तय भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै टोली प्रतियोगितामा जित विहिन छन् ।

समुह एको पहिलो खेलमा दुवै टिम किर्गिस्तानसंग पराजित भएका थिए । उद्घाटन खेलमा घरेलु टोली नेपाल र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

समुह ए बाट अघिल्लो चरण पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ । नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ ।

खेल अपरान्ह ५ बजे सुरु हुनेछ । बुधबार नै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान भिड्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुने बताईएको छ । दिनको अन्तिम खेलमा साँझ ७ बजे तुर्कमिनिस्तन र बंगलादेश खेल्नेछन् ।