logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एभीसी सेन्ट्रल जोन पुरुष भलिबल : आज सेमिफाइनलका खेल


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – काठमाडौंमा जारी एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणका खेल सकिएको छ ।

बिहीबार दुईवटा सेमिफाइनल खेल हुनेछन् । पहिलो खेलमा किर्गिजस्तान र तुर्कमेनिस्तान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन् ।

सेमिफाइनल खेल दिउँसो साढे दुई र साढे चार बजे हुनेछ । किर्गिजस्तानले नेपाल र माल्दिभ्सलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

तुर्कमेनिस्तान भने समूह बीको उपविजेता हो । उसले उज्बेकिस्तानसँग पराजय भोगेको थियो भने बंगलादेश र अफगानिस्तानविरुद्ध जित निकालेको थियो ।