काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस। जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकरले राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेका हुन् ।
उनले यसअघि पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले झण्डै आधा घण्टा पूजा गरेका थिए ।
उनी आजै दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।