काठमाडौं – एसीसी यू-१९ एसिया कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीको टुंगो लागेको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो ।
एसीसीलाई पठाएको १५ सदस्यीय खेलाडीको सूचीमा गत महिना भएको एसीसी इस्टर्न रिजन च्याम्पियनसिपममा सहभागी भएका तीन जना खेलाडी परिवर्तन भएका छन् । यसपटक आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङ फेरी टिममा फर्किएका छन् । यस्तै विशाल विक्रम केसी, तिलक भण्डारी लोकेश बम टिमबाट बाहिरिएका छन् ।
श्रीलंकामा भदौ १९ देखि २८ सम्म आयोजना हुने यु १९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंका, बंगलादेश र युएई रहेको समूह ‘बी’ मा परेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।
नेपाली टिम आउँदो शनिबार नै श्रीलंका प्रस्थान गर्नेछ । जहाँ नेपालले केही अभ्यास खेलहरु पनि खेल्नेछ ।
को-को परे टोलीमा ?
कप्तान रोहितकुमार पौडेल, रित गौतम, पवन शर्राफ, मोहम्मद आशिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी ।