logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा विवादमा सहमति खोज्न अध्यक्ष दाहालको सक्रियता, नेता नेपालसँग दुई घन्टा छलफल


अंकुरण खबर
2.756K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीे र नेता माधव कुमार नेपालबीच देखिएको विवादमा सहमतिको प्रयास सुरु गरेका छन् ।

उनले आज बिहान ललितपुर खुमलटारस्थित निवासमा नेता नेपालसँग सहमति प्रयास गर्दै करिव दुई घन्टा छलफल गरेका हुन् । भेटमा नेता नेपालले पार्टीमा राखेको सात बुँदे फरक मत र पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीसँग भएको विवादमा केन्द्रित भएर छलफल भएको बुझिएको छ । छलफलमा नेता नेपालले बरियता घटुवा गरेको र आफ्नो प्रस्तावलाई सचिवालयले बेबास्ता गरेको भन्दै दाहालसँग असन्तुष्टि राखेको बुझिएको छ ।

बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबिच भनाभन भएपछि विवाद थप चुलिएको छ । अध्यक्ष दाहालले भने पार्टीभित्र देखिएका विवाद छलफलवाट टुग्याउन सकिने भन्दै त्यसका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्ष ओलीको अनुपस्थितिमा पार्टीका सम्बन्धमा महत्वपूर्ण कार्यकारी निर्णय लिने अधिकार दाहाललाई दिएको थियो ।