काठमाडौं– एभीसी पुरुष सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्दैछ ।
नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्ड हलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ । नेपाल समूह चरणमा किर्गिस्तान र माल्दिभ्ससाग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाललाई आफ्ना समर्थकमाझ निश्चत जित आवश्यक छ ।
च्याम्पियनसिपको फाइनल शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुनेछ । खेल दुई बजेपछि हुनेछ । किर्गिस्तान दोस्रो उपाधि जित्ने लक्ष्यमा रहँदा उज्वेकिस्तान पहिलो उपाधिको खोजीमा रहनेछ ।