logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नागार्जुन नगरपालिका वडा नं.२को वडा कार्यालय भवनको शिलन्यास


अंकुरण खबर
3.406K
Shares

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नो नगरपालिकामा  सबै वडाका जनतालाई सहज सेवा दिन कुनै कसर बाकी नराखेको बताएका छन् । शुक्रबार वडा नं. २ को वडा कार्यालयको भवन शिलन्यास गर्दै उनले सबै वडामा आफ्नै भवन निर्माण गर्न नगरपालिका लागेको बताए ।

वडा नं. २ स्थित तीनघरेमा तीन करोड रुपियाँ लागतमा निर्माण हुन लागेको कार्यालय एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रवक्ता समेत रहेमा वडा नं. २का वडाअध्यक्ष थुमराज केसीले जानकारी दिए । वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा जनतालाई अझ प्रभावकारी सेवा दिन सक्ने अध्यक्ष केसीको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, राजनीतिज्ञ,समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।