नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले आफ्नो नगरपालिकामा सबै वडाका जनतालाई सहज सेवा दिन कुनै कसर बाकी नराखेको बताएका छन् । शुक्रबार वडा नं. २ को वडा कार्यालयको भवन शिलन्यास गर्दै उनले सबै वडामा आफ्नै भवन निर्माण गर्न नगरपालिका लागेको बताए ।
वडा नं. २ स्थित तीनघरेमा तीन करोड रुपियाँ लागतमा निर्माण हुन लागेको कार्यालय एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रवक्ता समेत रहेमा वडा नं. २का वडाअध्यक्ष थुमराज केसीले जानकारी दिए । वडाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा जनतालाई अझ प्रभावकारी सेवा दिन सक्ने अध्यक्ष केसीको भनाई थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, राजनीतिज्ञ,समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।