logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै : कार्यवाहक प्रधानमन्त्री पोखरेल


अंकुरण खबर
2.21K
Shares

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताएका हुन् ।

उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत गरे । उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन् । उनले अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने रु हामीहरु भित्रै समस्या छन् । म तपाईहरुलाई तोकेर भन्न चाहन्न । हामी भित्रै समस्या छन् ।

सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरूको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरवासीलाई आग्रह गरे ।