logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहालको अध्यक्षतामा आज पहिलो पटक नेकपा सचिवालय बैठक बस्दै


अंकुरण खबर
936
Shares

काठमाडौं – आज दिउँसो एक बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहान ११ बजे सारिएको छ ।

पार्टीको साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सोमबार दिउँसो एक बजे बस्ने भनिएको बैठक बिहान ११ बजे सारिएको हो । बैठक पार्टी मुख्यालय धूम्रबाराहीमा बस्नेछ । बैठकमा छ महानगरको अध्यक्ष चयन र प्रवास कमिटी गठन लगायत विषयमा छलफल हुने कार्यसूचि छ ।

त्यस्तै बैठकमा पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतमा पनि छलफल हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक बोलाएका हुन् । ओली उपचारका लागि सिंगापुर जानुअघि नेकपाले दाहाललाई बैठक र निर्णय गर्ने अधिकार दिएको थियो ।